nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा थाहानगरको विस्तारित भेलाको तयारी पूरा, आज संघीय शिक्षा मन्त्री र मुख्य मन्त्री आउने

DK-1614044829.jpg

पालुङ जेसिज सभा हलमा हुने प्रधानमन्त्री केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को थाहा नगर विस्तारित भेलाको तयारी पूरा भएकाे छ । भेला  ११ फागुनमा हुँदैछ ।

भेलाको सम्पूर्ण तयारी पूरा भएको भेला आयोजक कमिटिका संयोजक राजु नापितले बताए । संघीय शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र वागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । आयोजकका अनुसार नेकपाका केन्द्रीय सदस्यहरु अनन्त पौडेल, रामेश्वर राना, रामचन्द्र राई, रघुनाथ खुलाल, सुभाषचन्द्र ठकुरी, प्रल्हाद लामिछाने, महेश बर्तौला लगायत केन्द्रिय नेताहरुको भेलामा उपस्थिति रहनेछ ।

भेलामा सहभागी हुन थाहा नगर बाहिर रहेका थाहा नगरका नेकपा कार्यकर्ताहरुको पनि विशेष उपस्थिति रहने नेकपा नगर नेता अच्युत्तमप्रसाद ढकालले जानकारी दिए । नेकपा जिल्ला कमिटी, थाहा नगर कमिटीका पदाधिकारीहरु, कार्यकर्ताहरु र समर्थकहरुसमेत गरी सैयौं संख्याका बीच भेला हुने आयोजकले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)