nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा ढकाल 

नेकपा एमाले थाहानगर कमिटिको संयोजकमा विष्णुप्रसाद ढकाल चयन भएका छन् । मुलुक पुर्नसंरचना भए पश्चात् एमालेले पनि नयाँ संरचनामा कमिटि बनाएको हो । नेकपा एमालेको थाहानगरको थानाबजारमा भएको वृहत्त थाहानगर भेलाले ढकाललाई अध्यक्षमा चयन गरेको हो । ढकाल थाहानगरको मेयर पदका लागि चर्चामा रहेका व्यक्ति पनि हुन् । 

भेलाले बुद्धरत्न मानन्धर सहसंयोजकमा चयन भएका छन् । त्यसैगरी यसअघि क्षत्रिय कमिटिमा रहेका थाहानगर सम्पूर्ण पदाअधिकारीहरु, साविकका गाउँ तथा वडा अध्यक्ष तथा पदाअधिकारीहरु, साविक थाहानगर कमिटि तथा सचिवालय सदस्यहरु वृहत्त थाहानगर कमिटिमा सदस्य रहेको गणेशमान श्रेष्ठले जानकारी दिए । 

यस अघि साविक दामन, पालुङ र बज्रवाराही गाविस समेटिएको थाहानगर कमिटिमा अहिले आग्रा, टिष्टुङ र चित्लाङ एकीकृत भएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)