Thursday, 29th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

निष्पक्षको अध्यक्षमा गोपाली निर्वाचित

निष्पक्ष युवा समूहको अध्यक्षमा निराजन गोपाली निर्वाचित भएका छन् । सामाजिक रुपान्तरणमा क्रियाशील थाहा नगरपालिका वडा नं. १ मा रहेको समूहको अध्यक्षमा गोपाली पुनः निर्वाचित भएका हुन् । 

संस्थाको कार्यालय वाराही चौरमामा २० असोजमा भएको साधारणसभामा उपाध्यक्षमा निर्मल गोपाली, सचिवमा सुनकेशरी गोपाली, कोषाध्यक्ष अमिता गोपाली, सहसचिव विर बहादुर गोपाली निर्वाचित भएका छन् भने सदस्यहरुमा रामप्रसाद गोपाली, सुशीला गोपाली, रुपचन गोपाली र धर्मेन्द्र गोपाली निर्वाचित भएका छन् । 

संस्थाका अध्यक्ष निराजन गोपालीको सभाध्यक्षतामा भएको थियो । 

यसैबीच विकास खबरपत्रिका र विकासखबर डटकमका सहकर्मी समेत रहेका अध्यक्षमा निर्वाचित गोपालीलाई दुबै संचार माध्यमको तर्फबाट बधाई दिइएको छ । वि.सं. २०६१ सालमा स्थापना भएको युवा समूहको अध्यक्षमा निर्वाचित भएका सहकर्मी गोपाली सामाजिक क्षेत्रमा समेत उच्च छवि बनाएको व्यक्तित्वको रुपमा लिइएको छ । उनले चलाएको सामाजिक अभियानको सफलताको कामना गर्दै पत्रिका र अनलाईनको तर्फबाट निर्वाचित पदाअधिकारी सबैलाई शुभकामना व्यक्त गरेको प्रकाशक सुरजकुमार भुजेलले जानकारी दिए । 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg