nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

निर्णय भयो, कार्यान्वयन भएन

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा १५ शैथ्याको अस्पताल निर्माणको लागि निर्णय भएको भए पनि अझै कार्यान्वय उन्मुख भएको छैन  ।      आर्थिक वर्ष २०७२÷०७३ को नेपाल सरकारको नीति तथा कार्यक्रममा आधारित भएर थाहा नगरपालिकामा अस्पताल निर्माणको आवश्यक पहल थालिएको भएपनि कार्यान्वयन नभएको हो । सरकारले आर्थिक वर्ष २०७२/०७३ को आफ्नो नीति तथा कार्यक्रममै प्रत्येक नगरपालिकामा एउटा १५ शैथ्याको अस्पताल निर्माण गर्ने बताएको आफ्नो नीति तथा कार्यक्रमै समेटेको थियो ।  
थाहा नगरमा प्राथमिक स्वास्थ्य केन्द्र पालुङलाई नै १५ शैथ्याको अस्पतालको रुपमा स्तरवृद्धि गर्ने स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले पनि निर्णय गरेको थियो । नेपाल सरकार स्वास्थ्य मन्त्रालयका तत्कालिन सहसचिव रघुराम विष्टले स्वास्थ्य केन्द्रको अनुगमन पश्चात् यस्तो निर्णय भएको थियो । केन्द्रको अनुगमन पश्चात् बसेको बैठकले स्वास्थ्य केन्द्र पालुङलाई १५ शैथ्यामा स्तर वृद्धिका लागि निर्णय भएको हो । 
उत्तरी मकवानपुरका साविक दामन तथा पालुङ गाउँ विकास समितिका कयौं परिषद्ले पास गरे पनि कार्यान्वयन तहमा नपुगेको कार्य अब सकारात्मक मोडमा    रहेको भए पनि थप कार्यान्वयनमा नगाएको बुझिएको छ । जिल्ला विकास समिति मकवानपुरले पनि आर्थिक वर्ष २०६८/०६९ देखि २०७१/०७२ सम्मको लगातार तीन आर्थिक वर्षको जिल्ला परिषद्ले १५ शैथ्याको अस्पताल बनाउनका लागि निर्णय गरेको थियो ।