Sunday, 6th September, 2026
वि.स.

निकासको वार्षिक उत्सवमा सम्मान कार्यक्रम

सञ्चार संघ नेपाल द्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३।४ मेगाहर्ज र निकास साप्ताहिकको बार्षिकोत्सवको अवसरमा मकवानपुरका पत्रकार कृष्ण सारु र होम कार्की सम्मानित भएकाछन् । कार्यक्रमको अवसरमा वर्ष व्यक्ति सम्मान–२०७३ बाट तुलसी गिरी र नवराज अर्याल सम्मानित भएकाछन् । 

८ माघमा हेटौँडामा एक समारोहकाबीच स्वर्गीय रामचन्द्र खड्का स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार सारुलाई सम्मान गरिएको छ भने सुमन भोम्जन स्मृति पत्रकरिता पुरस्कारबाट पत्रकार कार्कीलाई पुरस्कृत गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि रहेका सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले उनिहरुलाई सम्मानपत्र सहित नगद हस्तान्तरण गरेका थिए ।

रेडियोका अध्यक्ष सुनिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न जिल्लास्थित विभिन्न सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif