Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नारी दिवसको अवसरमा एकल महिला तथा वृद्धहरुलाई

मितेरी बचत तथा ऋण सहकारी संस्थाले एकल महिला तथा वृद्धहरुलाई सम्मान कार्यक्रम गरेको छ । 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ५ फाखेल खड्बुमा रहेको संस्थाले १०९ औ नारी दिवसको अवसरमा एकल महिला तथा वृद्धहरुलाइ सम्मान गरेको हो । कार्यक्रमको बिचमा महिलाहरूको लागी बीमा अभिमुखिकरण कार्यक्रम समेत गरिएको छ । 

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मञ्जु रुम्बाको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष धनराज महर्जन, वडा नं ४ का वडाध्यक्ष धनबिर स्याङ्तान, गाउँ कार्यपालिका सदस्य दुर्गावती थोकरको आतिथ्यता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।