Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नाकछेडामा बिजुली बल्यो, अब थाहानगरै झमल्ल

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ को नाकछेडामा विद्युत विस्तार भएसंगै थाहा नगरपालिकाको सबै गाउँटोलमा बिजुली बत्ति बलेको छ । वडा नम्बर ११ को नाकछेडामा एक समारोहकाबीच २३ पौषमा थाहा नगरपालिकाका मेयर लवशेर विष्टले विद्युतीय सेवाको उद्घाटन गरेका छन् । नाकछेडामा ४७ घरका लागि विद्युत विस्तार गरिएको हो । 

उद्घाटनका अवसरमा मेयर विष्टले अब विद्युत अभावका कारण अध्यारोमा बस्नु नपर्ने बताए । थाहा नगरपालिकाको सबै वडा र टोलहरुमा विद्युत पुगेको बताउँदै विष्टले यसबाट सबैलाई फाइदा पुगेको बताए । विद्यालय जाने बालबालिकादेखि गृहेणी र विद्युतमा आधारित उद्योग धन्दा संचालन गर्न समेत सहज भएको बताए ।  

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका प्रमुख तथा कार्यक्रमका विशेष अतिथि सन्तोष पन्तले विद्युत विस्तारका लागि प्राविधिक रुपले जहिल्यै सहयोग गर्न तयार रहेको बताए ।  प्रमुख पन्तले विद्युत सेवा प्रयोगमा ध्यान दिन पनि अनुरोध गरे । नाङ्गो तारमा छुन नहुने र यसबाट खतरा हुने भएकाले प्रयोगमा सचेत हुनुपर्ने बताए । 

नेकपा थाहानगर कमिटिका अध्यक्ष अरुण रायमाझीले नेपाल सरकारको उज्यालो अभियानलाई सार्थकता दिने क्रममा गाउँमा भएको विद्युतिकरण प्रति खुशी व्यक्त गरे । विद्युत विस्तारसंगै सम्वृद्धिको आधार यात्रा तय भएको बताए । थाहा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष किरणमान बलले निर्वाचनका बेला जनतालाई दिएको बाचा पुरा गर्दै गरेको बताए । उनले अँधकारमा रहेका नागरिकले उज्यालो पाएकोमा बधाई दिए । 
    
कार्यक्रममा नेकपा मकवानपुरका जिल्ला सदस्य गौतमबुद्ध लामालगायत स्थानीय उपभोक्ताहरुको समेत उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम नाकछेडा विद्युत विस्तार उपभोक्ता समितिका अध्यक्ष देवलाल मोक्तानको सभाध्यक्षतामा भएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)