Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नव जागरण बोन संगठनको ड्याङ्ग्रो नाच प्रदर्शन

थाहा नगरपालिका वडा नं ७ डाँडाबास चौबासमा क्रियाशील नव जागरण बोन संगठनले फागुपुर्णिमाको पूर्व सन्ध्यामा ५ चैत्रमा डाँडाबास स्थित मेन्दुक छोइलुङ गूम्बाबाट ऋषेश्वरसम्म ढ्याङ्ग्रो नाच सहिच पद यात्रा गरेका छ । 

११ वटा ढ्याङ्ग्रोसहिच लयमा नाच्दै संगठनका १०० भन्दा बढी व्यक्तिहरु डाँडाबासदखि ऋषेश्वर पुगेर फर्किएको संगठनका पूर्ण थिङले जानकारी दिनुभयो । तमाङहरुको ऐतिहासिक बोन धर्म तथा झाँक्री संस्कृतिलाई जगेर्ना गर्न र समुदायमा चिनाउन झाँक्री नाचको निरन्तरता दिइएको संगठनले जनाएको छ । संगठनका सदस्यहरु व्यानरसहित ऋषेश्वर पुगेका थिए । 

यसैबीच थाहानगरको प्रशिद्ध ऋषेश्वर मन्दिरमा लाग्ने जात्रालाई मध्यनजर गरी थाहा नगरपालिकाले ऋषेश्वर मन्दिर प्रस्थान गर्ने मोडमा सरसफाइ गरेको छ । नगरको गाडी नै पठाएर सरसफाइ गरेको नगरपालिकाले जनाएको छ । ६ चैत्रमा ऋषेश्वरमा विशेष मेला लाग्दैछ । हरेक वर्षको हरिवोधिनी एकादशी र फागुपूर्णिमामा ऋषेश्व्र क्षेत्रमा भव्य मेला लाग्ने गरेको छ ।