nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 16th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नविल बैंकको त्यो भिडियो जसले छोयो नेपालीको मन

nabil_hgNlKQmomI-1603082746.png

कहिलेकाहीँ यस्तो पनि भइदिन्छ कि सामान्य सोचका साथ गरिएको कार्यले नसोचेको उपलब्धि हात लाग्छ । अनि त्यहीँ उपलब्धिले वर्षौ वर्षसम्म हासिल गर्न नसकिएकोे सफलता एकैपटक प्राप्त गर्न सकिन्छ । हो, त्यहि नसोचेको उपलब्धि अहिले नबिल बैंकले प्राप्त गर्दैछ । 

कोभिड–१९ को तिब्र संक्रमणकै बीच दशैं–तिहारलाई लिएर बैंकले डिजिटल कारोबारलाई सहयोग पुग्ने गरी आफ्नो कार्डको विज्ञापनमुलक भिडियो बनाएको थियो । सो भिडियोलाई आम दर्शकले कोभिड–१९ को महामारीको सम्बन्धमा बनाइएको चेतनामुलक भिडियोको रुपमा बुझ्दा निकै लोकप्रिय बनेको छ । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल समेत भएको छ । 

व्यवसायिक प्रयोजनका लागि बनाइएको सो भिडियोमा रहेको चेतनामुलक सन्देश नै भाइरल भएपछि बैंकका आधिकारीहरु समेत दंग परेका छन् । ‘हामीलाई यतिसम्म होला भन्ने लागेको थिएन । तर भिडियो भाइरल भइदियो । जुन भिडियोलाई लिएर अहिले सर्वसाधारणबाट राम्रो प्रतिक्रियाहरु आइरहेका छन् । यसले हामीलाई थप उत्साहित बनाएको छ’ बैंकका सञ्चार विभाग प्रमुख कृष्ण सुवेदीले भने ।

हेर्नुहोस् यस्तो भिडियोः

 

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg