Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नयाँ शक्तिको छतिवनमा भेला 

नयाँ शक्ति पार्टी नेपाल मकवानपुर छतिवन गाविसको प्रथम आयोजक भेला सम्पन्न भएको छ । भेलाले चन्द्रलाल थिङको संयोजकत्वमा ३९ सदस्यीय गाउँ भेला आयोजक कमिटि गठन गरेको छ । भेला पार्टीका तीन नम्बर प्रदेशका सह संयोजक तथा संगठन बिभाग प्रमुख सोनाम सिं स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको हो । भेलामा पार्टीका मकवानपुर सहसंयोजक बिवेक वाईबा, जीवनमान मोक्तान, जिल्ला सदस्य तथा दुई नम्बर क्षेत्रीय सह संयोजक ध्रुवराज ढकाल लगायतको आतिथ्यता रहेको
थियो । भेला राजेन्द्र घिमिरेको सभाध्यक्षतामा भएको हो । भेलामा पार्टीका जिल्ला सदस्य तथा गैह्र सरकारी संथा संयोजक नवराज चौँलागाईले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 
 



Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg