nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नयाँ वर्ष २०७६ को शुभकामना सन्देश

नयाँ वर्षको हर्षउल्लासको शुभकामना व्यक्त गर्दै गर्दा देशको अस्तित्वको बिषयमा चिन्ता लाग्छ । अहिले हाम्रो राष्ट्रमा विद्यमान राजनैतिक खिचातानी  देख्दा पृथ्वीनारायण शाहले एकिकरण गर्नु भएको हाम्रो देशको अस्तित्व जोगाउनका निम्ति युवा वर्ग अघि सरे मात्रै सम्भव छ । 

नेतृत्व वर्गको नेतृत्वमा भएको कमिकमजोरिको कारणले हाम्रो देशको अस्तित्व माथि नै प्रश्न चिन्ह खडा हुन थालेको छ ।अब पनि सबै नेपाली जनता एकजुट भएर नेपाल संरक्षण अभियानमा नलागे देशको अस्तित्व जोगाउन मुस्किल पर्नेछ । 

नयाँ वर्ष २०७६ सालको सम्पूर्ण नेपाली जनमा नेपाल संरक्षणको अभियानमा सद्बुद्धि जागोस मेरो तर्फबाट यहि शुभकामना छ ।                       

  • बिष्णु प्रशाद शर्मा 
    राजनितीक विश्लेषक तथा नेपाल संरक्षण अभियानका संस्थापक संयोजक