Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

नयाँ भवन बिद्यालयलाई हस्तान्तरण

मकवानपुरको बकैया गाउँपालिका १, धियाँल मरङ्गेको सरस्वती प्राथमिक बिद्यालयलाई दुई कोठे भुकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ । 
जिल्ला शिक्षा कार्यालय मकवानपुरका शाखा अधिकृत मोती भट्टराई र पुर्ननिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय, मकवानपुरका प्रमुख पुष्पराज अधिकारीले बिद्यालयका अध्यक्ष प्रदीप स्याङ्तानलाई भबनको साँचो हस्तातरण गरिएको थियो ।

भवन हस्तान्तरण कार्यक्रम बिद्यालयका अध्यक्ष स्याङ्तानको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भट्टराई र अधिकारीको बिशेष आतिथ्य रहेको कार्यक्रममा इस्थर बेञ्जामिन स्मृती संस्था मकवानपुरका प्रमुख केदारनाथ अर्याल, रबि हमाल, बिद्यालयका प्रधानध्यापक लगाएतको आतिथ्य रहेको थियो ।

१३ लाख ३० हजारमा निर्मित भवन निर्माण गर्न दातृ संस्थाले १० लाख ८० हजार र बिद्यालयले २ लाख ५० हजारको जनश्रमदान जुटाएको थियो । २ भबनमा ४ कोठा र एउटा काठे भबन मात्र रहेका बेला २ कोठे भबन निर्माण शुरु गरिएको थियो । अहिले बिद्यालयमा २ कोठे अस्थायी सिकाई केन्द्र पनि रहेको छ ।

बाल उद्धार नेपालको आर्थिक सहयोग, जिल्ला शिक्षा कार्यालय मकवानपुरसँगको समन्वय र इस्थर बेञ्जामिन स्मृती संस्थाको प्राबिधिक सहयोगमा भवन निर्माण गरेको हो ।

५ कक्षासम्म पढाई हुने बिद्यालयमा अधिकाँस तामाङ समुदायका ३ सय १२ जना बिद्यार्थी रहेका छन् ।