nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नगरपालिकाबाटै अपाङ्गता परिचयपत्र वितरण

IMGL0405-1568687636.JPG

मकवानपुर थाहा नगरपालिकाले अपांगता भएकाहरुका लागि परिचय पत्र वितरण शुरु गरेको छ । नगरपालिकामा ३० भाद्रमा नगर प्रमुख लवशेर विष्ट तथा उपप्रमुख खड्ग गोपालीले परिचयपत्र हस्तान्तरण गरेका हुन् । 

नगरपालिकाले कार्यविधि बमोजिम अपाङ्ता भएकाहरुलाई परिचयपत्र वितरण थालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख प्रतिमा मोक्तानले जानकारी दिइन् । नगरपालिकाले ३० भाद्रमा थाहा–९ की हदस्सा गमाललाई परिचयपत्र वितरण गरेर कार्य शुभारम्भ गरिउको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । 

नगरपालिकाले अपाङ्ग परिचयपत्र वितरणसंगै किससिमको आधारमा सामाजिक सुरक्षा कार्यक्रम संचालन कार्यविधि, २०७५ बमोजिम रातो र निलो कार्ड पाउने अपाङ्ता भएकाहरुलाई भत्ता वितरण कार्यलाई समावेश गर्दै लैजाने प्रमख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । 

संघीयता कार्यान्वयनसंगै परिचयपत्र वितरणको अधिकार स्थानीय तहमा आएको हो । यस अघि महिला तथा बालबालिका जिल्ला कार्यालयले परिचय पत्र वितरण गर्दै आएको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)