Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नगरपालिकाको निर्णय कार्यान्वयनमा सघाउँदै नेकपा थाहानगर कमिटि [विज्ञप्तीसहित]

नेकपा कम्युनिष्ट पाटी (नेकपा) थाहा नगर कमिटीले कोरोना भाइरस (कोभिड–१९) बाट बच्नको लागि सरकारले घोषणा गरेको लकडाउनको पूर्ण परिपालना गर्न आम नागरिकलाई अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न तथा फैलन नदिनका लागि थाहा नगरपालिकाले गरेको कामको स्वागत समेत गरेको छ । नेकपा थाहानगर कमिटिले १२ चैतमा विज्ञप्ती जारी गरेर यस्तो बताएको हो । 

नेकपा थाहानगर कमिटि अध्यक्ष अरुण रायमाझी तथा सचिव सानुकाजी गोपालीद्वारा हस्ताक्षरित विज्ञप्तीमा थाहा नगरपालिकाले गरेको निर्णय कार्यान्वयनमा सघाउने प्रतिवद्धता जनाएको छ । 

विज्ञप्तीमा भनिएको छ,–‘कोरोना भाइरसबाट बच्न सकिने उपायहरुको बारेमा सचेत रहन, थाहानगर बाहिरबाट आएका नागरिकहरु बारे जनप्रतिनीधिहरुलाई विवरण उपलब्ध गराउन र कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएका सरकार, कर्मचारी,  सुरक्षाकर्मी तथा संचारकर्मीहरुलाई आवश्यक सहयोग गर्न आम थाहा नगरबासीहरुलाई अपील गर्दछौं ।’

विज्ञप्ती


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०