Monday, 26th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

नगरपालिकाको गाडी: एकको मृत्यु, पाँच गम्भीर घाइते

accident_sapahi1627612895-1627617198.jpg

महोत्तरीको लोहरपट्टी नगरपालिकाको गाडी धनुषामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गाडीमा सवार पाँच जना गम्भीर घाइते छन्।

१५ साउन बिहान करिब ५ बजे महोत्तरीको बर्दिबासबाट जनकपुरतर्फ जाँदै गरेको ज–२०–०२–०००१ झ ००३५ नम्बरको स्कार्पियो गाडी लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ सपहीमा दुर्घटनामा परेको हो।

तीब्र गतिका कारण गाडी डाइभर्सनबाट अनियन्त्रित भई पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ का ३४ वर्षीय दीपक यादवको मृत्यु भएको सेतोपाटीलाई बताए।

गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो। यादव ग्राहन्ता समुदायिक वन बर्दिबासका अध्यक्ष थिए।

दुर्घटनामा यादवकी श्रीमती रिता यादव, भाइ गहेन्द्र यादव, नवीन यादव, उनकी श्रीमती अम्बिका यादव, मठिहानी नगरपालिका वडा नम्बर २ बस्ने त्रिलोकी यावद घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg