nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

ध्यानबाटै मुक्ति मिल्नेः श्री ओसो सिद्धार्थ

ओसोधाराका प्रमुख आचार्य सतगुरु श्रीओसो सिद्धार्थले मुक्ती मृत्युपछि नभई यहि जीवनकालमा हुने बताएकाछन् । उनले मानिसहरुमा मुक्ति मृत्युपछि मात्र पाइन्छ भन्ने गलत धारणा रहेको बताउँदै मुक्तिको मार्ग जीवन छँदै प्राप्त हुने बताए । ओशोधारा शंकराचार्य पिठ हेटौँडामा भएको कार्यक्रमा बोल्दै श्रीओसो शिद्धार्थले ध्यानले आत्मालाई चिन्न सघाउँने र आत्मा सन्तुष्ट भए आजै मुक्ति मिल्ने दाबी गरे । 
ओशोधारा शंकराचार्य पिठका प्रमुख आचार्य शकर ढकालको संयोजकत्वमा भएको कार्यक्रममा आचार्य श्री मैत्रय, आचार्य श्री बासुदेव, मकवानपुर उधोग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने लगाएतको उपस्थिति रहेको थियो । सो अवसरमा ओसो साधनाको सामिप्यता चाहाने २५ जनाले श्रीओसो सिद्धार्थबाट माला दिक्षा ग्रहण गरेका थिए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)