Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

धादिङको थाक्रेमा माइक्रोबसको ठक्करले एकको मृत्यू, ठक्कर दिने सवारीमा आगजनी

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सिम्लेमा माइक्रोबसको ठक्करबाट एकको मृत्यु भएको छ ।  लु १ ज २६७४ नम्बरको  बुटवलबाट काठमान्डौं जाँदै गरेको माइक्रोको ठक्करबाट थाक्रेकी बन्दना परियारको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । परियारको मृत्यु भएपछि आक्रोसित स्थानीयले माइक्रोबसमा आगजनी गरेका छन्।

सडक छेउमा हिँड्दै गरेको पैदलयात्रीलाई तिब्र गतिमा रहेको माइक्रोले ठक्कर दिएको बताइएको छ । चालकको लापरबाहिले ज्यान गएको भन्दै आक्रोसित स्थानीयले माइक्रोमा आगो लगाइदिएका हुन । पृथ्बीराजमार्गमा सवारी आवागमन अवरुद्ध छ । अहिले प्रहरीको टोली घटमा स्थल पुगेको छ।