nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 16th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दोस्रो जिल्ला परिषद बैठकको लागि लियो पदाअधिकारी थाहानगरमा

LEO-01-1544926836.jpg

यहि पुस २७ र २८ गते हुने दोस्रो जिल्ला परिषद बैठकको लागि लियो जिल्ला परिषद ३२५ बि १ नेपालका अध्यक्ष सहितको टोली थाहानगरमा आएका छन् । बैठकको तयारी स्वरुप अनुगमनका तथा छलफलका लागि  टोली थाहा नगरपालिका आएको हो । पर्यटकीय नगरी थाहामा आएका टोलीका पदाअधिकारीहरुले लियो क्लब अफ पिस थाहा तथा लायन्स क्लब अफ पिस थाहाका सम्पूर्ण पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । 

भेटघाट कार्यक्रम १ पौषलाई तोकिएको छ । १ पौष विहान जेसिज हलमा हुने उक्त कार्यक्रमका अवसरमा हल व्यवस्थापन तथा नगरका होटलहरुको  निरीक्षण र दामन घुमफिर गर्ने योजना रहेको छ । दामन घुमफिर बर्ष २०७५ सफल पार्न तथा देशभरका लियोहरुलाई दामनको विषयमा प्रचार गर्ने अध्यक्ष विशाल रिजालको प्रति बद्धता रहेको छ । 

दोस्रो जिल्ला परिसद बैठकमा देशभरका लगभग ६ सय  जना लियो थाहानगरमा आउने छन् ।
 



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।