nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

देउसीभैलोको रकमबाट दामनमा सामाजिक कार्य गरिने

थाहानगरको पर्यटकीय क्षेत्र दामनमा रहेको दामन बजार व्यवस्थापन समितिको आयोजनामा देउसी भैलो खेलेर संकलित रकमबाट सामाजिक कार्य गरिने भएको छ । देउसीभैलोबाट संकलित ४० हजारबाट पर्यटकीय क्षेत्र दामनमा सामाजिक कार्य गर्ने गर्ने एभरेष्ट युवा विकास क्लब दामनका महासचिव दावा शेर्पाले जानकारी दिए । उनले भने–संकलित केही रकमबाट सामुहिक बनभोज र सामाजिक काममा खर्चिने छौं ।’

२३ कार्तिक साँझबाट थाहा–४ का वडा अध्यक्ष दीपकसिंह लामाको घरबाट शुरु भएको सामुहिक देउसी भैलो छिमेकीहरुलाई समेत पायक पर्ने साझा स्थानमा समेत खेलिएको थियो । दामन र सिमभन्ज्याङ क्षेत्रमा खेलिएको देउसी भैलो कार्यक्रममा सहभागी हुन आयोजक बजार व्यवस्थापन समिति र एभरेष्ट युवा विकास क्लबले पत्राचार गरी निमन्त्रणा गरेको थियो । 

दामन बजारमा आयोजित सामूहिक देउसी भैलो कार्यक्रममा लोकदोहोरी गीत, आधुनिक गीतलगायत चर्चित गित गायन तथा नृत्य सहितको मनोरञ्जनात्मक कार्यक्रम भएको थियो । सो अवसरमा लोक तथा दोहोरी गीतमा सप्तरत्न मानन्धर र उनका साथीहरुको प्रस्तति रहेको थियो भने मानन्धरको हार्मोनियम बजाएका थिए, पासाङ शेर्पाको टुङ्नाको र थाल नाचको एकल प्रस्तुती थियो । कार्यक्रममा स्थानीय बालबालिकादेखि प्रौढसम्मको सहभागिता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)