Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

देउखेलमा बिजुली बल्यो 

33396413_1021705295170594-1527244050.jpg

 कुलेखानी जलाधार क्षेत्रसंगै जोडिएको थाहा नगरपालिकाको आग्रा स्थित देउखेलमा ३३ वर्ष पछि विजुली पुगेको छ । छिमेकी पालुङमा दशकौं अघि र आग्रा कै चिसापानी क्षेत्रमा दशक अघि नै विजुली पुगेको भए पनि देउखेल क्षेत्रमा बुधबार मात्र विजुली बलेको हो । स्थानीय भरत कार्कीको अध्यक्षतामा गठित समितिको निकै कठा मिहिनेत पछि गाउँमा पहिलो पटक विजुली बाल्न सफल भएको स्थानीयहरु बताउँछन् ।

विहिवार देउखेलमा देउखेल विद्युत विस्तार समितिको आयोजना र सुन्दर वस्ती युवा समाजको सहआयोजनामा आयोजित एक विशेष कार्यक्रमको विच थाहा नगरपालिकाका मेयर लवशेर विष्टले विद्युतको उद्घाटन गरे । कार्यक्रममा बाल्दै उनले भने –‘देउखेलमा बत्ती बलेकोमा हामी ज्यादै खुशी छांै अब आग्रा कै चल्ती, बसेरी र पाखुरे तथा टिष्टुङको लिति, जगडाडा र नागछेडा क्षेत्रमा विजुली बाल्न पाए हामीले चुनावको बेला जनतासंग गरेको बाचा पुरा हुने थियो ।’

देउखेलमा विद्युत उद्घाटन कार्यक्रमको अवसरमा बोल्दै अखिल नेपाल महिला संघ मकवानपुरकी सदस्य तथा सामुदायिक सेवा केन्द्र दामन पालुङकी उपाध्यक्ष कल्पना बलामीले गाउँमा विजुली लैजानको लागि देउखेलका युवाहरुको विशेष भूमिका र संघर्ष रहेको भन्दै प्रशंशा गरिन् ।

सो अवसरमा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका राजु पोखरेल, शान्तिपुर दैनिकका कुमार नेगी, विकास खबर साप्ताहिकका सुरज कुमार भुजेल, ईन्द्रायण्ी माविका प्रधानाध्यापक नारायण बहादुर कार्की , सरस्वति माविका प्रधानाध्यापक राजेन्द्र थापा लगायतले बालेका थिए । 


विद्युतीकरण बाट आग्राको माथिल्लो देउखेल, तल्लो देउखेल, घले गाउँ, मल्ल टोल, तल्लो खत्री टोल र माथ्लो खत्री टोल गरि १ सय ४९ घरधुरी लाभान्वित भएका छन् । १ सय ३२ घरमा मिटर जडान गरि विजुली बत्ती बालिएको समितिका अध्यक्ष कार्कीले 
बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०