nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दूर्व्यशनी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

lagu-aushadh-1477560991.jpg

हेटौंडा–१७ चुरियामाईमा लागूऔषध दूर्व्यशनी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएकोछ । स्ट्रोम फाउन्डेसन नेपाल र सहास नेपाल मकवानपुरको आर्थिक सहयोगमा स्मृति स्वावलम्बन समुह र श्री शक्तिश्वरी युवा क्लबले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेको हो ।

हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता, ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक अबिनाश अधिकारीको बिशिस्ट आतिथ्यता र स्मृति स्वावलम्बन समुहकी अध्यक्ष निर्मला भोलनको सभाध्यक्षतामा कार्यक्रम भएको शक्तिश्वरी युवा क्लबका सचिब कुमार रुम्बाले बताए । 

कार्यक्रममा स्मृति स्वाबलम्बन समुहका सचिव वीरमाया दोङले स्वागत गर्नुका साथै सहास नेपाल मकवानपुरकी सामाजिक परिचालक गौरी घलानले कार्यक्रमको उदेश्य माथि प्रकाश पारेकी थिइन् । 

कार्यक्रममा सर्बदलिय प्रतिनिधिहरु, पत्रकारहरु, सुरक्षाकर्मिहरु स्थानीय सघ सस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेकोे थियो ।
गोष्ठीमा सहभागीहरुले लागु औषध दूर्व्यशनी न्यूनीकरणको सबालमा सबैको कार्यगत एकता हुनुपर्ने र यस्का लागि प्रत्येक परिवार र ब्यक्तिबाट सुधारको प्रयास हुनुपर्नेमा जोड दिएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)