nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

दुव्र्यशन न्यूनीकरण गर्न सचेत हुनुपर्ने

लागुऔषध दुब्र्यसनलाई गम्भीर रुपमा लिई सबै पक्षले कार्यगत एकता गर्दै प्रत्येक परिवार र ब्यक्तिबाट सुधारको प्रयास गर्नुपर्नेमा एक कार्यक्रममा बताईएको छ । लागुऔषध दुब्र्यसनी न्यूनीकरण सम्बन्धी अन्तक्रिया गोष्ठीमा सहभागीले यस्तो कुरामा जोड दिएका हुन् ।
कार्यक्रम स्ट्रोम फाउन्डेसन नेपाल र सहास नेपाल मकवानपुरको आर्थिक सहयोगमा स्मृती स्वावलम्बन समूह र शक्तिश्वरी युवा क्लब हेटौंडा–१७ चुरियामाई कमाने भोर्लेको आयोजनामा भएको हो । सामाजिक सुरक्षा अन्तर्गत भएको कार्यक्रम हेटौँडा अस्पताल बिकास समितिका अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्य तथा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी नायब निरीक्षक अबिनाश अधिकारीको बिशिष्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम स्मृती स्वावलम्बन समूहकी अध्यक्ष निर्मला भोलनको अध्यक्षतामा भएको थियो । 

स्मृती स्वावलम्बन समूहकी सचिव वीरमायाँ दोङ्गले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सहास नेपालकी सामाजिक परिचालक गौरी घलानले कार्यक्रमको उदेश्य बताउँनुभएको थियो । बढ्दो लागु औषध दुब्र्यसनी न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबिच सहयोग र सहकार्य गरि नियन्त्रणमा सबैको सम्बन्ध र सहयोग स्थापित गराई अघि बढ्ने मार्ग पहिचान गर्ने उदेश्यले कार्यक्रम गरिएको शक्तिश्वरी युवा क्लबका सचिव कुमार रुम्बाले जानकारी दिए । कार्यक्रममा राजनितिक दल, स्थानीय संघसंस्थाका प्रतिनिधीहरु, पत्रकारहरु, सुरक्षाकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Suraj-1510299856.jpg

सुरजकुमार भुजेल

surajkhabar@gmail.com

भुजेल स्थानीय विकास र स्थानीय शासन विटमा समाचार लेख्ने मकवानपुर, थाहाका पत्रकार हुन् ।