Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुर्गादेवीका १ सय ४० विद्यार्थीलाई ट्रयाक सुट

Bitaran111111-1584204298.png

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको दुर्गादेवी आधारभूत विद्यालयका १ सय ४० विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । ‘टिम ह्याप्पी फेमेली’को आयोजनामा विद्यार्थीहरुलाई ट्रयाक सुट वितरण गरिएको प्रधानाध्यापक शोभा लामाले जानकारी दिइन् । 

शिक्षाको लागि हाम्रो योगदान भन्ने नारासहित विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा स्थानीय अभिभावकहरुले खुशी व्यक्त गरे । ‘टिम ह्याप्पी फेमेली’का अध्यक्ष प्रतिभा खड्काको प्रमुख आतिथ्यमा भएको पोशाक वितरण कार्यक्रममा ५ नम्बर वडा अध्यक्ष विष्णु बहादुर गुरुङ तथा मिरा केसी र सर्वश्री अधिकारी विशिष्ट अतिथी रहेका थिए । 

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष चमेली वाईवाको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा संस्थाआ आवद्ध व्यक्ति तथा सामाजिक संजालमा सहयोग आव्हान गरेर संकलन भएको रकमबाट बालबालिकालाई पोशाक खरिद गरी वितरण गरिएको दाताहरुले कार्यक्रममा जानकारी गराएका थिए । 

विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरेकोमा विद्यालयको तर्फबाट अध्यक्ष चमेली वाइवाले कदरपत्र प्रदान गरेकी थिइन । कार्यक्रमको अवसरमा सहयोगी सम्पूर्ण दातालाई प्रधानाध्यापक शोभा लामाले धन्यवाद दिइन् । 

अधिकांश तामाङ समुदायको बालबालिका अध्ययन गर्ने दुर्गादेवीमा प्रारम्भिक बाल विकासदेखि कक्षा ७ सम्म अध्यापन हुँदै आएको छ ।  कार्यक्रममा विद्यार्थी, अभिभावक तथा विद्यालयका शिक्षकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।