Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुई स्कूलका शिक्षकलाई मन्टेश्वरी तालिम

talim-1588776433.jpg

मकवानपुर थाहानगरको न्युभिजन एकेडेमीमा मन्टेश्वरीमा आधारित शिक्षण कला सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको श्री हिमालयन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कुल थाहा ४, शिखरकोट र न्यू भिजन एकेडमी थाहा–३, घर्तिखोलाको संयुक्त आयोजनामा तालिम भएको हो । 

सात दिनसम्म संचालन भएको तालिम  न्यू भिजन एकेडेमीमा प्रशिक्षण सरला कार्कीले सहजीकरण गरेकी थिइन् । न्यू भिजन एकेडेमीको प्रिन्सिपल सुदर्शन कार्कीको सभाध्यक्षता तथा संथापक सानोभाइ कार्कीको प्रमुख आपितथ्यमा भएको समापन कार्यक्रममा हिमालयनका प्रिन्सिपल बाबुलाल कार्की र प्रशिक्षक सरला कार्कीको अतिथि आतिथ्यता रहेको थियो । 

तालिम समापन कार्यक्रमको अवसरमा  प्रमुख अतिथी कार्कीले तालिमलाई अवसरको रुपमा लिई दैनिक जीवनमा लागू गर्नु पर्ने बताउनुहुँदै शिक्षण सिकाइलाई प्रभाबकारी बनाउदै बाल मैत्री बाताबरणमा विद्यालयमा प्रवेश गरि बालबालिकाको मनोभाब बढाउन मुख्य भुमिका खेल्नु पर्नेमा जोड दिनए । प्रमुख अतिथी कार्कीले सहभागी १२ जनालाई  प्रमाणपत्र वितरण गरेका थिए भने प्रशिक्षक सरला कार्कीलाई मायाको चीनो हस्तान्तरण गरे । कार्यक्रम न्यू भिजन एकेडमीका सस्थापक संगम कार्कीले संचालन गरेका थिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०