Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुई क्वीन्टल गाँजासहित मकवानपुरमा ६ जना पक्राउ

दुई सय तीन केजी (दुई क्वीन्टल) गाँजासहित मकवानपुरमा ६ जनालाई पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गाँजासहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा उदयपुरका पदम हमाल, सिरहाका सुरेशकुमार महतो, सिरहाकै छेदी दास, मकवानपुरका कृष्णबहादुर मोक्तान रहेका छन् ।

उनीहरुलाई मनहरी गाउँपालिका(९ खरङ्गाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट ८८ केजी ७२० ग्राम गाँजा बरामद भएको थियो । बीआ-एकपी-२३४५ नम्बरको भारतीय बोलेरोमा लुकाएर लैजान लागेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए ।

यसैगरी प्रहरीले बिहीबार ११५ केजी गाँजासहित सिन्धुलीका दिनेश मगर, ज्ञानबहादुर बुढासैलीलाई हेटौंडा उपमहानगरपालिका-११ सरस्वतीचोकबाट पक्राउ गरेको छ ।ना३च ४७६२ नम्बरको बोलेरोमा गाँजा लुकाएर लैजाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०