Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दुईअर्ब लगानीमा हेटौंडामा शहरी विकास गरिने

शहरी बिकाश तथा भवन निर्माण बिभाग अन्तरगत हेटौंडा उपमहानगरपालिकामा झण्डै डेड देखि दुईअर्ब लगानीमा शहरी बिकाश गर्न लागिएको छ । एसियन ईन्फ्राष्टचर ईन्भेष्टमेन्ट बैकको लगानीमा बिभाग भवन निर्माण बिभाग, शहरि विकास मन्त्रालय अन्तरगत सात वटा नगरपालिका र उपमहानगरपालिकामा काम सुरु गर्न लागिएको छ । त्यस मध्यमा यहाँपनि शहरी क्षेत्रको बिकाशका लागि लगानी गर्न तयार रहेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।

शहरी पूर्बाधार लगानी आयोजना युएलएलपी अन्तरगत यो काम गर्न लागिएको हो । १५ फागुनमा यसै बिषयमा उपमहानगरपालिकामा अन्तरकृया तथा प्रस्तुतीकरण समेत गरिएको छ । शहरी बिकाश मनत्रालयको दीर्घकालिन सोच अनुसार संचालन हुन लागेको नयाँ आयोजनामा एसियन ईन्फ्राष्टचर ईन्भेष्टमेन्ट बैकले नेपालको शहरी बिकाशको लागि पुर्बाधार बिकाशका लागि प्राबिधीक सहयोग गरेको पहिलो कार्यक्रम हो । 

नगरपालिकाहरुमा पुर्बाधार बिकाशका लागि सेवा गर्ने उदेस्यले यो कार्यक्रम गर्न लागिएको मेयर महतले बताए ।यो कार्यक्रम अन्तरग उपमहानगरपालिकाको कुन क्षेत्रमा लगानी गरेर काम गर्ने भन्ने कुरा पछी तय गरिने उहाँले बताए । यस उपमहानगरलाई स्वच्छ, सुन्दर, सुरक्षित एबम समृद्ध शहरको रुपमा बिकाश गनृका लागि काम गर्न लागिएको हो । यस रकमबाट यहाँको भौतीक पुर्बाधार, सामाजिक, शैक्षिक, स्वास्थ्य तथा आर्थिक क्षेत्रमा बिकाश गर्ने उदेस्यले काम गर्न लागिएको मेयर महतले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०