Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दामन सिमभन्ज्याङमा स्लो ड्राइभ किनकी सडक सेताम्मे छ

मकवानपुर पर्यछकीय क्षेत्र थाहा नगरपालिकाको दामन सिमभन्ज्याङमा हिमपात भएको छ । हिमपातसंगै सडकमा पनि सेताम्मे भएको छ । राती परेको तुषारो जमेपछि सवारी साधन ड्राइभ गर्न जोखिम भएको छ । सडकमा हिउँ जमेकोले सवारी विस्तारै हाँक्न बजार व्यवस्थापन समिति सिमभन्ज्याङका अध्यक्ष अमित पाख्रिनले अनुरोध गरेका छन् ।

गएराती दामन सिमभनज्याङ सहित नगरको कोटथुम्की, केशरी भन्ज्याङ, भाङखोरिया, मूलाबारी चौर लगायतको क्षेत्रमा हिमपात भएको छ । 

हिउँपरेसंगै दामन सिमभन्ज्याङ क्षेत्रमा राती बसेका पर्यटकहरु बाहिर निस्केर हिउँ खेलेका थिए । अहिले विहानैबाट हिउँ पारखीहरु दामन सिमभन्ज्याङ पुग्न थालेका छन् ।