nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

दामन घुमफिर वर्ष–२०७५ को शुभारम्भमा उत्सव गरिने

Raju-01-1542936928.jpg

दामन घुमफिर वर्ष–२०७५ प्रदेश र स्थानीय तहले संयुक्त कार्यक्रम संचारन गरेर शुभारम्भ गरिने भएको छ । प्रदेश ३ सरकार र मकवानपुर थाहा नगरपालिका (स्थानीय सरकार) ले यहि २०७५ साललाई दामन घुमफिर वर्ष–२०७५ को रुपमा मनाउने निर्णय भएसंगै कार्यक्रमहरु पनि संयुक्त रुपमा संचालन गरिने भएको हो । 

पर्यटन विकास आयोजना कार्यालय हेटौंडा, प्रदेश ३ का आयोजना प्रमुख राजु क्षेत्री, वन निर्देशनालय प्रदेश ३ का निर्देशक सुधीर कोइराला, डिभिजनल वन कार्यालय हेटौंडाका डिभिजनल वन अधिकृत प्रल्हाद धिताल तथा थाहा नगरपालिका उप्रमुख खड्ग गोपालीलगायतको सहभागितामा भएको छलफलमा कार्यक्रममा संयुक्त रुपमा संचालन गर्ने निर्णय भएको हो । उपप्रमुख गोपालीको अध्यक्षतामा भएको थाहा नगरपालिकामा भएको छलफलमा पर्यटन विकास आयोजनाका प्राविधिकहरु, थाहा नगरपालिकाका प्राविधिकहरु तथा अन्य विषयगत कर्मचारीहरुको सहभागिता रहेको थियो । 

छलफल कार्यक्रममा सहभागीहरु ।

छलफलले दामन घुमफिर वर्ष २०७५ को शुभारम्भको घोषणा दामनमा एक दिने "दामन उत्सव" गरेर गरिने निर्णय भएको छ । उक्त उत्सवमा थाहानगरका साँस्कृतिक, ऐतिहाँसिक, तथा अन्य पर्यटकमैत्री ‘प्रडक्ट’ लाई प्रदर्शनी गरिने निर्णय छ । त्यस्तै दामनको प्रचार प्रसारका लागि प्रदेश र स्थानीय सरकारले संयुक्त रुपमा अभियानकै रुपमा संचालन गरिने भएको छ । 

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले थाहानगरको पर्यटकीय गन्तव्य र संभावनाको विषयमा जानकारी गराएका थिए । सो अवसरमा पर्यटन विकास आयोजना प्रदेश ३ का आयोजना प्रमुख राजु क्षेत्रीले पर्यटक भित्र्याउन मात्र नभई पर्यटकलाई टिकाउने उपायको विषयमा नगरले योजना बनाउनु पर्ने सुझाएका थिए । प्रमुख क्षेत्रीले पर्यटन प्रवद्र्धन तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि आयोजना स्थापना भएकोले नगरले बनाएका योजनाहरुमा सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले थाहानगर ऐतिहाँसिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण नगर भएकोले त्यसको संरक्षण र पर्यटकलाई आकर्षित गर्ने माध्यमको रुपमा विकास गर्न अनुरोध गरे । 

कार्यक्रममा वन निर्देशनालय प्रदेश ३ का निर्देशक सुधीर कोइरालाले पर्यटकलाई आकर्षित गर्ने माध्यम साँस्कृतिक नाच तथा परम्परा पनि भएकोले त्यसको विकास र पर्यटकलाई अवलोकन गर्ने वातावरण मिलाउन सक्नुपर्ने धारणा राखे । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)