nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 20th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दामनमा मनाइयो २० औं वनस्पती दिवस

banaspati-1555144716.jpg

डिभिजन वनीपती विभाग हेटौंडाका प्रमुख शिशिर पन्थीले मकवानपुर थाहा नगरपालिकाको दामन सिमभनज्याङ क्षेत्रको जैविक विविधताको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताएका छन् । दामनमा वनस्पतिको उपयोग र व्यापार, समृद्धिको आधार भन्ने नाराका साथ मनाइएको २० औं वनस्पति दिवसको अवसरमा आयोजिक कायृक्रममा पन्थीले यस्तो बताउका हुन् ।  

उनले दामनमा जैविकि विविधता अन्यत्रको भन्दा फरक भएको बताउँदै यस क्षेत्रलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न सकिने बताए । वनस्पती क्षेत्रसंग सम्बन्धीत विद्यार्थीहरुका लागि दामन सिमभन्ज्यङ असाध्यै राम्रो ठाउँ भनेको बताए । मकवानपुर थाहानगर स्थित टिष्टुङको वनस्पती उद्यान, र इलाममा १० वर्षे चिरााइतो खेतीको योजना तयार भइरहेको पनि उनले जानकारी दिए । टिमुर, धसिङ्ग्रे, चुत्रो, पाषणवेद, पाँच औले वनस्पती यस क्षेत्रमा भएकोले वनस्पतीय सम्वृद्धि यसैबाट शुरु हुने उनको भनाइ थियो । पर्वतीय वनस्पती उद्यान दामनको खाली जग्गामा स्थानीयहरुसंगको समन्वयमा उपयोग र संरक्षण व्यवस्थापन गर्न सकिने पन्थीले जानकारी दिए । उनले प्रदेश सरकारको  मातहतमा रहेको उद्यानमा विविध कार्यक्रमहरु संचालन गर्दा स्थानीय तहसंगको समन्वय आवश्यक रहेको औल्याए । 

दिनप्रतिदीन दामन क्षेत्रमा वनस्पतीहरु लोप हुँदै गएकोले यसका संरक्षणका लागि स्थानीयहरु नै अग्रसर हुनेपर्ने कार्यक्रमका सहभागीहरुले बताएका थिए । सो अवसरमा लौठसल्लाको विरुवाको वृइक्षारोपन गरिएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, नेकपाका नेता विष्णु विष्ट आदर्श, थाहा–३ का वडा अध्यक्ष राजेश केसी, ४ का वडा अध्यक्ष दिपक सिं लामा, एभरेष्ट युवा विकास क्ल्बका अध्यक्ष शिवकुमार खत्रीलगायतकाको व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)