nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

दामनमा  बागवानी प्रमुख गुरुङलाई सम्मान र विदाई 

मकवानपुर थाहानगर स्थित दामनमा रहेको एभरेष्ट युवा बिकास क्लब र दामन बजार ब्यबस्थापन समितिले संयुक्त कार्यक्रमको आषेजना गरेर शितोष्ण बागवानी नर्सरी केन्द्र दामनको प्रमुख आइत सिंह गुरुङलाई सम्मान तथा विदाइ गरेको छ ।  

दुई संस्थाले कार्यालय भवनमा एक समारोहको आयोजना गरी विदाइ तथा सम्मान गरेको हो । कार्यक्रममा गुरुङले आफ्नो पाँचवर्षे कार्यकालमा शितोष्ण बागवानी नर्सरी केन्द्र भित्र गर्नु भएको प्रगति अनि योगदानको कदर गर्दै दामनमा क्रियाशील संस्थाले सम्मान गरेका हुन् । प्रमुख गुरुङले दामनमा रही प्रशंशनीय विविध कार्यक्रमहरु संचालन गरेको कार्यक्रमका सहभागीहरुले चर्चा गरेका थिए । 

उनको सेवा अवधिकमा बागवानी केन्द्रमा किवि, जापानीज नासपाती, आरु , ओखर तथा अन्य फलफूलको राम्रो खेती भएको बताइएको छ । फलफूलको बेर्ना, आलुको बिऊ, ग्रीन हाउस, गेस्ट हाउस, सिचाइको लागि बोरिङ साथै अन्य भौतिक संरचनाहरु निर्माणका साथै अर्गानिक खेतीको अभ्यास गरिएको छ । कार्यक्रममा एभरेष्ट युवा बिकास क्लबका अध्यक्ष शिव कुमार खत्रीले दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने गुरुङलाई दामन बजार ब्यबस्थापन समितिका अध्यक्ष तसी शेर्पाले मायाको चिनो दिएका थिए । कार्यक्रममा सहभागी सदस्यहरुले खादा लगाइदिएका थिए । 

काार्यक्रममा बोल्दै शितोष्ण नर्सरी बागवानी केन्द्रका प्रमुख गुरुङले आफ्नो पाँचवर्षे कार्यकाल एकदमै ब्यस्त भएको र समय बितेको पनि पत्तै नपाएको बताउँदै दामनबासीको अतुलनीय सहयोग मिलेको बताए । उनले दामनमा अझ थप धेरै काम गर्न बाँकी रहेको बताउँदै कृषि र पर्यटनको निम्ति आउने बजेट दामनमा नै उपयोग गर्न सकिने सम्भावना रहेको सुझाए । सरुवा भएका गुरुङको उज्वल भविष्यको कामना गरिएको छ । 
गुरुङ वि.सं. २०७०साल पौष ११ गते शितोष्ण बागवानी नर्सरी केन्द्र दामनमा हाजिर भएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)