Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पानोरमा रिसोर्टमा बेहोस ८ भारतीय पर्यटकको मृत्यू भएको पुष्टि

Panorama-1579590742.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको पानोरमा रिसोर्टमा ८ भारतीय पर्यटकको मृत्यू भएको छ । मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीया बालिका अभि,  ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीय बद्रा रहेको प्रहरीले जनाएको छ । उनीहरू मृत्यू हुनेमा ४ महिला र ४ पुरूष छन् ।  पूरा नाम भने खेलेको छैन ।  रिसोर्टमा ६ माघमा आएर बसेका १५ मध्ये ८ जना ७ माघ विहान अचेत अवस्थामा भेटिएपछि उनीहरुलाई कैलाश एयर हेलिकोप्टर मार्फत उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पतालमा लगिएको थियो । लगिएका सबै मृत्यू पुष्टि भएको अस्पतालले जनाएको छ । 

दुई कोठा लिएर बसेका भारतीय पर्यटकहरुलाई ७ माघ बिहान बेहोस अवस्थामा फेला पारिएको हो । उनीहरू भारतको केरला प्रदेशका भएको बुझिएको छ । अचेत रहेका ४ महिला र ४ पुरुषको पहिचान खुलेको छैन। ती पर्यटकहरु दुई कोठामा बसेको भए पनि बेहोस अवस्थामा एकै कोठामा भेटिएको प्रहरीले जनाएको छ।

मृत्यू भएको सबैको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । चिसोबाट बच्न बालेको ग्यास हिटरबाट उनीहरु निसासिएर बेहोस भएकोहुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरु नागपोखरीमा रहेको इजी कम्पनीबाट हेटौंडा आएको बुझिएको छ। उनीहरु कटेजमा बसेका थिए। 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०