nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

दशैमा भूपू विद्यार्थीबाट विद्यालय पोशाक सहयोग

थाहा नगरपालिका वडा नं. ७ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि विद्यालय पोशाक वितरण गरिएको छ । विजया दशमीको शुभकामना आर्दान प्रदान कार्यक्रमको अवसरमा २३ असोजमा विद्यार्थीहरुका लागि पोशाक वितरण गरिएको हो ।

विद्यालयका भूतपूर्व विद्याथीहरु जयराम खत्रीले ३० जोर, दिनेश कार्कीले २० जोर र सुजन खत्रीले १० विद्यालय पोशाक सहयोग गरेका थिए । विद्यालयमा प्राप्त पोशाकहरुलाई एक समारोकाबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लोले वितरण गरेको सहायक प्रधानाध्यापक बिनोद अर्यालले जानकारी दिए । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)