Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दलित महिलालाई सीपमुलक तालीम 

घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाको आयोजना र थाहानगर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको संयोजनमा दलित महिलाहरुका लागि संचालन गरिएको भगत सर्वजित सीप विकास तालिम सम्पन्न भएको छ । 

गत चैत्र ७ गतेबाट शुरु भएको तालीमको २४ जेठमा सम्पन्न भएको हो । तालिमको समापन थाहानगर उद्योग वाणिज्य संघको सभाहलमा गरिएको हो । घरेलु तथा साना उद्योग कार्यलयका निमित्त प्रमुख नारायण प्रसाद खनालको प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री र महसचिब सुरेद्रमान प्रधानले मन्तव्य व्यक्त गरेका थिए ।

तालीमका सहभागीहरुलाई घरेलु तथा साना उद्योगले प्रमाणपत्र पनि वितरण गरेका थियो ।