Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दक्षिणकालीमा १३ स्थानमा दिगो हात धुने स्टेशन निर्माण

daxin-1589127911.jpg

दक्षिणकाली नगरपालिकालाई कोभिड १९ कोरोना भाइरस रोकथामका लागि साबुन पानीले हात धुने नै पहिलो प्रतिरोधात्मक कार्य भन्ने विश्व स्वास्थ्य संगठनको निष्कर्षका साथ १३ स्थानमा हनतधुने धारा स्थापना गरिएको छ । 

दक्षिणकाली नगरपालिका ९ वटा वडा कार्यालयहरुमा र मनमोहन स्मृति सामुदायिक अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र अनि खोकना आरोग्य आश्रममा गरि ९ स्थानमा गरि शिखरापुर सामुदायिक सिकाइ केन्द्रले दक्षिणकाली नगरपालिका १३ स्थानमा दिगो हात धुने स्टेशन निर्माण गरेको छ । फलामको स्ट्यान ट्याङ्कि राखिएको छ । कोभिड १९ महामारीबाट बच्न साबुन पानीले हात धुनु नै प्रमुख उपाय भएकोले यस कार्यका लागि आसिक प्राविधिक सहयोग वाइन टू वाटरले पनि सहयोग गरेको छ । 

सिकाइ केन्द्रका अध्यक्ष श्यामबहादुर केसीले एक कार्यक्रम बीच नगर प्रमुख मोहन बस्नेतलाई वास स्टेशन हस्तान्तरण गरेका छन् । सबै सस्थालाई करिव ३ महिनालाइ पुग्ने गरि वातावरणमैत्री साबुन पनि प्रदान गरिएको छ ।

अाशबहादुर लामा



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०