Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा-९ बाबियोभिरको पहिरो पाँचदिनपछि बल्ल पन्छाइयो

Babiyo-Vir-1564533278.jpg

मकवानपुर चित्लाङबाट मार्खुहुँदै कुलेखानीबाट हेटौंडा तथा काठमाण्डौ संचालन हुने सवारी साधन पाँचदिनपछि संचालनमा आएको छ । 

इन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ सिम्लाङदेखि करिब २ किलोमीटर पर थाहा नगरपालिका वडा नम्बर ९ को बाबियोभिरमा गएको पहिरो पन्छाएपछि कुन्छाल कुलेखानी सडक १४ साउनबाट संचालनमा आएको हो । पहिरो गएको क्षेत्र थाहा नगरपालिका वडा नम्बर ९ र इन्द्रसरोवर गाउँपालिकाका बासिन्दासंग बढि सरोकार राख्ने उक्त सडकमा दुबै स्थानीय तहले नपन्छाएपछि सडक विभागले उक्त पहिरो पन्छाएको स्थानीयहरुले बताएकाछन् । 

सडक खुलेसंगै छोटो बाटोबाट हेटौंडा तथा काठमाण्डौ जान सकिने भएको छ भने कृषि उपज बजारसम्म पु¥याउनको लागि किसानहरुलाई सहज भएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०