Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा ७ मा डेढ करोडको लगानीमा खानेपानी आयोजना

जिल्ला समन्वय समितिले थाहानगरको आग्रामा संचालन हुन लागेको मजुवा खोला खानेपानी आयोजनाको लागि डेढ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । 

जिल्ला समन्वय समितिले चालु आर्थिक वर्षमा १ करोड र आगामी आर्थिक वर्षको शुरुमा थप ५० लाख उपलब्ध गराउने गरी निर्णय गरेको थाहानगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । जिल्ला समन्वय समिति, थाहा नगरपालिका, प्रदेश सरकार र गैरसरकारी संस्था च्वाइस नेपालको सहभागितामा आग्रामा वृहद् खानेपानी योजना संचालन हुँदै छ ।

योजना कार्यान्वयनको लागि लिपेन्द्र स्याङ्तानको अध्यक्षतामा उपभोक्ता समिति गठन भइसकेको छ ।