Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा ७ मा डेढ करोडको लगानीमा खानेपानी आयोजना

जिल्ला समन्वय समितिले थाहानगरको आग्रामा संचालन हुन लागेको मजुवा खोला खानेपानी आयोजनाको लागि डेढ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । 

जिल्ला समन्वय समितिले चालु आर्थिक वर्षमा १ करोड र आगामी आर्थिक वर्षको शुरुमा थप ५० लाख उपलब्ध गराउने गरी निर्णय गरेको थाहानगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । जिल्ला समन्वय समिति, थाहा नगरपालिका, प्रदेश सरकार र गैरसरकारी संस्था च्वाइस नेपालको सहभागितामा आग्रामा वृहद् खानेपानी योजना संचालन हुँदै छ ।

योजना कार्यान्वयनको लागि लिपेन्द्र स्याङ्तानको अध्यक्षतामा उपभोक्ता समिति गठन भइसकेको छ ।