Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा ७ का भूकम्पपीडित भई घर बनाउनेलाई निर्माण सम्पन्नको प्रमाणपत्र

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं ७ मा निजी आवास निर्माण सम्पन्नताको प्रमाणपत्र वितरण गरिएको छ । 

विक्रम संवत् २०७२ साल बैशाख १२ गते र २९ गते आएको विनाशकारी भुकम्पले क्षती भएका घर तथा निजि आवासको भुकम्प पछि पुनर्निर्माणको गतिलाई अघि बढाइ रहँदा चाँडै निजि आवास निर्माण सम्पन्न गरि प्रमाणपत्र प्राप्त गर्नेमा थाहा नगरपालिकाको वडा नं ७ प्रदेश नं ३ अन्तर्गत मकवानपुरकै दोस्रो हुन सफल भएको हो । यसका साथै प्रमाणपत्र प्राप्त गर्ने थाहा नगरपालिकाकै पहिलो वडा हुन सफल भएको छ । 

थाहा नगरपालिका वडा नं ७ आग्राको महादेवखर्क अवस्थित कुटेश्वर प्राथमिक विद्यालयको प्राङ्गणमा शुक्रबार एक कार्यक्रम गरि प्रमाणपत्र वितरण गरिएको थियो । थाहा–७ का वडा अध्यक्ष सनम सिं मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली प्रमुख अतिथी रहेका थिए । उनले कार्यक्रममा बोल्दै भुकम्पले जनतालाई गरिबी माथी गरिबी थपेको भन्दै दुख  व्यक्त गरे । उनले घर बनाउँदा सबैले भुकम्प प्रतिरोधि नै बनाउनु पर्ने र जुनसुकै बेलामा भुकम्प आउन सक्ने भन्दै सजक र सुरक्षित रहन आग्रह समेत गरे । पुनर्निर्माण प्राविधिक टिमको तर्फबाट इन्जिनियर पप्पु यादवले उक्त कार्य जिल्लाकै दोस्रो प्रमाणपत्र वितरणको कार्य रहेकोले सबैले खुसी व्यक्त गर्ने समय आएको बताए ।  

कार्यक्रममा जिल्ला आवास निर्माण कार्यान्वयन इकाइ मकवानपुरका प्रमुख विमल किशोर केपीको विशिष्ट आतिथ्यता रहेको थियो भने भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका इन्जिनियर अर्जुन घिमिरे, देउखेल शहरी स्वास्थ्य केन्द्रका डाक्टर नेमराज थिङ, वडा सदस्य, राजनीति  दलका प्रतिनिधि तथा पत्रकारहरुको आतिथ्यता रहेको थियो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।