Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा स्वास्थ्य सहकारीको अध्यक्षमा पुनः कार्की निर्वाचित

थाहा स्वास्थ सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण भएको छ । साधारण सभाबाट हरिकृष्ण कार्की सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा सन्तोष केसी, कोषाध्यक्ष अशोक के.सी, सचिव युवराज बर्तौला निर्वाचित भएकाछन् । त्यस्तै सदस्यमा मिरा कुमारी भट्ट, दिनेश विष्ट, इन्द्रजंग खड्का, राजन उपाध्याय, यादबजंग रायमाझी, ईश्वर बहादुर कार्की, नानिमैया थिङ निर्वाचित भएका छन् । 

त्यसैगरी सहकारीको लेखा संयोजकमा रत्न बहादुर गोले निर्वाचित भए भने सदस्यहरुमा मोहन कार्की र जगत बहादुर गोपाली निर्वाचित भए । संस्थाको सबै पदाअधिकारी निर्विरोध निर्वाचित भएका ह्न् । निर्विरोध कार्यसमिति चयन भएकोमा निर्वाचन अधिकृत विमल कुमार ढकालले खुशी व्यक्त गरे । ढकालले कार्य समितिका पदाअधिकारीहरुको कार्यकालको शुभकामना व्यक्त गर्दै सबै पदाअधिकारी संस्थाको हित र उन्नतिमा लाग्न सम्पुर्ण सदस्यहरुलाई अनुरोध गरे । 

थाहा नगरपालिका शिखरकोटमा रहेको विकास घरको सभाहलमा भएको साधारण सभा पाटन स्वास्थ विज्ञान प्रतिष्ठानका डाक्टर बिमल पाण्डेको प्रमुख आतिथ्यमा भएको थियो । साधारण सभाका प्रमुख अतिथि पाण्डेले संघीय राजधानी काठमाडौंबाट नजिक भएर पनि स्वास्थ्य क्षेत्रको थाहानगर पछाडि रहेको हुँदा सबैको साथ र सहयोग लिएर अगाडि बढ्न सहकारीलाई सुझाव दिए। उनले सहकारीको माध्यमबाट स्वास्थ्यको क्षेत्रमा अगाडि बढ्दा चाडै नै फड्को मार्न सकिने नेपाल कम्युनिष्ट (नेकपा)  पार्टीका प्रदेश–३ सचिवालय सदस्य बिष्णु विष्ट आदर्शले बताए । थाहा स्वास्थ सहकारीले स्वास्थ्य क्षेत्रमा थुप्रै चुनौतीसंग जुध्दैै आएको र चुनौतिसंग अवसर समेत रहेकोले यसलाई अवसरको रुपमा लिनूपर्ने बताए । नेकपा थाहानगरका अध्यक्ष अरुण रायमाझीले स्थापना कालमा यस संस्थामा आफू आबद्ध हुँदाहुदै पनि विभिन्न कारणले बाहिर बस्नु परेको भए पनि अबका दिनमा संस्थालाई ब्यक्तिगत र पार्टीगत सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । थाहानगरका उपमेयर खडग गोपालीले संस्थाको अहिले रहेको भवन साँघुरो र अप्रयाप्त भएकोले आफ्नै भवन निर्माण गरि पोलिक्लिनिकबाट अस्पतालमा स्तरीकृत हुनुपर्ने कुरालाई औंल्याए ।

साधारण सभा संस्थाका अध्यक्ष हरिकृष्ण कार्कीको सभाध्यक्षतामा भएको थियो । सभाध्यक्ष तथा संस्थाका अध्यक्ष कार्कीले संस्थाले विभिन्न चुनौती अप्ठ्याराहरुलाई पन्छ्याउँदै अहिलेको अवस्थामा आउन निक्कै संघर्ष गर्नु परेको बताए । संस्थाको लक्ष्य नाफामुखी नभएर सेवामुखी भएकोले संस्थामा थाहा नगरका ब्यापारी, पेशाकर्मी, राजनीतिकर्मी, आम नागरिक सबैले सहभागीता जनाउन अध्यक्ष कार्कीले अनुरोध गरे । सबैको सहभागिताले मात्र थाहानगर स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने र यस आसपासमा अन्य गाउँपालिकाहरुले समेत उपचारकै लागि टाढा धाउन नपर्ने उनको भनाइ थियो । साधारण सभामा थाहा ३ का वडा अध्यक्ष राजेश केसी, पाथीभरा बचत तथा ऋृण सहकारी संस्थाका अध्यक्ष गोकर्ण बरुवाललगायतको आतिथ्यता रहेको थियो ।