Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा महोत्सव सार्न ज्ञापनपत्र

39055250_708960589439114_-1534128777.jpg

थाहा नगर उद्योग वाणिज्य संघले आगामी ८ कार्तिकदेखि १८ गतेसम्म आयोजना गर्न लागेको तेस्रो थाहा महोत्सवको मिति सार्न आग्रह गरिएको
छ । थाहा नगरमा रहेका कपडा तथा फेन्सी व्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् ।  थाहानगरका कपडा तथा फेन्सी व्यवसायीहरुले संगठित रुपमै तेस्रो थाहा महोत्सव सार्न गरेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । थाहा नगरमा रहेका कपडा तथा फेन्सी व्यवसायीहरुले एक साता अघिमात्र कपडा तथा फेन्सी व्यवसायी संघ गठन गरेका थिए ।  महोत्सवको मिति सार्ने गरी आवश्यक सहयोगका लागि आग्रह गर्दै कपडा व्यवसायीहरुको तर्फबाट  अध्यक्ष कल्पना बलामीले आइतबार थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई ज्ञापन पत्र बुझाएकी थिइन् ।    ज्ञापन पत्र बुझाउन कपडा व्यवसायी संघका पदाधिकारीहरुको एक टोली आइतबार दिउँसो थाहा नगर प्रमुखलाई भेट्न पुगेका थिए ।  कपडा तथा फेन्सी व्यवसायी संघले आइतबार नै जिल्ला प्रशासन कार्यालय मकवानपुर र थाहा नगर वाणिज्य संघ कार्यालयमा पनि ज्ञापन पत्र बुझाएको  छ । 
    दशैं–तिहारजस्तो आफ्नो व्यवसाय राम्रो हुने चाडपर्वको समयमा महोत्सव राख्दा ग्राहकहरु महोत्सवमै जाने र आफ्नो व्यवसाय भने चौपट हुने कपडा व्यवसायीहरुको ठहर छ । 

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०