Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवमा कृषि प्रदर्शनी हुने

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा यहि १० कार्तिकदेखि १८ सम्म हुने तेस्रो थाहा महोत्सवमा कृषि मेला प्रदर्शनी हुने भएको छ । प्रदर्शनीका किसानहरुले आफूले उत्पादन गरेको कृषि उपजको प्रतिस्पर्धा गराइने महोत्सव आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए । 

प्रदर्शनीमा तरकारीबाली तर्फ फलेको बोट सहित उपलब्ध प्रदर्शनी स्थलमा ल्याउनुपर्नेछ । त्यस्तै अन्नबालीतर्फ फलेको बोट सहित कम्तीमा दुई वटा बोट, मसलाबाली, आलु बाली, फलफूल फलेको हाँगासहित र तेलहन र अन्य विविध कृषि उपज प्रदर्शनीमा किसानलाई ल्याउन संयोजक प्रधानले आग्रह गरेका छन् । 

प्रतियोगितामा प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्टिूक पम्प सहित ५ हजार रुपियाँको विउ, देस्रोलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको विउ, तेस्रो हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको विउ पुरस्कार रहेको संयोजक प्रधानले बताए ।  प्रतियोगितामा २८ कृषकलाई सान्त्वना पुरस्कार रहेको छ । प्रतियोगिताको पहिलो पुरस्कार आर.आर. एग्र्र्र्रो.एण्ड जनरल सप्लायर्सले पम्प र नेपाल सिड कम्पनीले विउ उपलब्ध गराउने भएको भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार आयोजकले व्यवस्था गरेको छ ।

प्रतियोगिताको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा, तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले सहयोग गरेका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)