Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सवको आकर्षण कृषि प्रदर्शनी 

krishi-1540782138.jpg

मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा सञ्चालन भईरहेको तेस्रो थाहा महोत्सवमा कृषि मेलाको विशेष आकर्षण देखिएको छ । यस वर्षको महोत्सवमा ५ सय ५१ जना किसानले आफ्नो कृषि उपज दर्ता गराएको प्रधानले जानकारी दिए । अघिल्लो महोत्सवको भन्दा योवर्ष दोब्बर किसानले सहभागिता जनाएका हुन् । अघिल्लो महोत्सवमा २ सय ५१ जना किसानले सहभागिता जनाएका थिए । महोत्सव शुरु हुने दिन मैै ल्याइएका कृषि उपजहरुको पुरस्कारका लागि मूल्याङ्कन हुने कृषि मेला संयोजक प्रधानले बताए । 

प्रदर्शनीमा ल्याइएका उत्कृष्ट कृषकहरुलाई पुरस्कारै पुरस्कारको व्यवस्था गरिएको छ । आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक प्रधानले उत्कृष्ट कृषकहरुलाई पुरस्कारै पुरस्कारको व्यवस्था गरिएको बताएका हुन् । प्रदर्शनीमा तरकारीबाली तर्फ फलेको बोट सहित, अन्नबालीतर्फ फलेको बोटसहित कम्तीमा दुईवटा बोट, मसलाबाली, आलु बाली, फलफूल फलेको हाँगासहित र तेलहन र अन्य विविध कृषि उपजलाई मूल्याङ्कन गरिने आयोजकले जनाएको छ ।  

प्रदर्शनीमा राखिएका उपजहरुमध्येबाट बाली समूह अनुसार मूल्याङन गरिनेछ । बालीसमूह अनुसार  प्रथप, द्वितीय, तृतीयको अतिरिक्त अन्य २८ जनालाई सान्त्वना पुरस्कार दिइने आयोजकले बताएको छ । प्रतियोगितामा प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्टिूक पम्प सहित ५ हजार रुपियाँको बीउ, देस्रोलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको बीउ, तेस्रो हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको बीउ पुरस्कार रहेको संयोजक प्रधानले बताए ।  

प्रतियोगिताको पहिलो पुरस्कार आर.आर. एग्र्र्र्रो.एण्ड जनरल सप्लायर्सले पम्प र नेपाल सिड कम्पनीले विउ उपलब्ध गराउने भएको भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार आयोजकले व्यवस्था गरेको छ । प्रतियोगिताको लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले सहयोग गरेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)