nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरकार्यपालिकाले विद्यालयहरुलाई दियो चेतावनीसहितको यस्ताे निर्देशन, निर्देशन पत्रमा के छ ?

thaha-bhabannnn-1641470356.jpg

थाहा नगर कार्यपालिकाले थाहानगरका विद्यालयहरुलाई विद्यालय व्यवस्थापन समिति गठन तथा उमेर हद नाघेका शिक्षकहरुलाई तुरुन्त अवकाश दिनेगरी निर्देशन जारी गरेको छ । २२ पुसमा थाहा नगरपालिकाका उपसचिव एवम् नगर शिक्षा अधिकारी शोभाकर रेग्मीले  नगरका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुको नाममा पत्र जारी गर्दै ३ वटा बुँदामा निर्देशन दिएका हुन् । 

शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुर तथा थाहा नगरपालिकाको सबै वडा कार्यालयहरुलाई बोधार्थ दिइएको पत्रमा पहिलो निर्देशन विद्यालय व्यवस्थापन समिति गठन र नामावली पेशसम्बन्धी रहेको छ । 

उक्त कार्य नगरेको कारणले विद्यालयमा जाने तलब भत्ता, छात्रवृत्ति अनुदान, योजना तथा कार्यक्रम, विद्यालयको कक्षा वा तह वृद्धि वा विद्यालयलाईप्राप्त हुने अन्य सुविधा रोकिएमा प्रधानाध्यापक स्वयम् जिम्मेवार हुनुपर्ने व्यहोरा अग्रिम जानकारी गराइन्छ ।

सो बुँदामा कार्यालयले कतिपय विद्यालयमा विद्यालय व्यवस्थापन समितिको म्याद सकिएको लामो समय हुँदा पनि अटेर गरी विव्यस गठन नगरेको गुनासो आएको सन्दर्भ उल्लेख गरेको छ । त्यस्ता विद्यालयहरुमा तुरुन्त विव्यस तथा शिक्षक अभिभावक संघ गठन गरी १५ माघभित्र शिक्षा शाखामा नामावली पेश गर्न भनिएको छ । 

विव्यसको म्याद कायमै रहेका विद्यालयहरुले पनि नामावली नबुझाएको भए सोही मितिभित्र पेश गर्नुपर्नेछ । निर्देशनको पहिलो बुँदाको अन्त्यमा चेतावनी दिँदै नगरपालिकाले भनेको छ ‘उक्त कार्य नगरेको कारणले विद्यालयमा जाने तलब भत्ता, छात्रवृत्ति अनुदान, योजना तथा कार्यक्रम, विद्यालयको कक्षा वा तह वृद्धि वा विद्यालयलाईप्राप्त हुने अन्य सुविधा रोकिएमा प्रधानाध्यापक स्वयम् जिम्मेवार हुनुपर्ने व्यहोरा अग्रिम जानकारी गराइन्छ ।’

थाहा नगरपालिकाले जारी गरेको दोस्रो निर्देशन पनि चेतावनीसहितको छ । दोस्रो निर्देशनमा कार्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएको उमेर हदभन्दा बढी अवधिसम्म कुनै शिक्षक वा कर्मचारी कार्यरत रहेको भए तुरुन्त अवकाश गर्न भनिएको छ । उमेर हदभन्दा बढी समयसम्म कामकाजमा लगाएमा सो अवधिको सरकारी बाँकी सरह प्राधानाध्यापकबाट असुल उपर गरिने पत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै तेस्रो निर्देशन स्पष्टरुपमा संस्थागत विद्यालयहरुका लागि रहेको छ । सो बुँदामा नगर कार्यपालिकाले चारथरीका गुनासोको आधारमा निर्देशन दिएको उल्लेख गरेको छ । पहिलो गुनासो संस्थागत विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति गठन नगरिएको, दोस्रो गुनासो गठन गरिएकोमा पनि प्रचलित ऐन–नियम अनुसार गठन नभएको, तेस्रो गुनासो बैठकले गर्नु पर्ने निर्णय पनि बैठकविना हुने गरेको र चौथो गुनासो बैठकमा पदेन सदस्यको रुपमा रहने विद्यालय निरीक्षक (स्थानीय शिक्षा अधिकृत)लाई आमन्त्रण नै नगरेको भन्ने रहेको पत्रमा उल्लेख गरिएको छ । 

सो गुनासोको आधारमा कार्यालयले संस्थागत विद्यालयहरुलाई प्रचलित ऐन–नियमको परिधिभित्र रही विव्यस गठन गर्न र १५ माघभित्र शिक्षा शाखामा नामावली पेश गर्न भनेको छ । 

हेर्नुहोस् पत्र :



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)