Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरमा शीतभण्डार

Sit-Bhandar-1564294152.jpg

मकवानपुरको थाहा नगरपालिकामा शीतभण्डार निर्माण थालिएको छ । घर्तीखोलास्थित सार्वजनिक जमिनमा शीतभण्डारको जगको काम धमाधम भइरहेको हो । संघ, प्रदेश, स्थानीय सरकार र स्थानीय सहकारीहरूको लगानीमा शीतभण्डार निर्माण हुन लागेको हो ।

करिब साढे ११ करोडको लगानीमा बन्ने शीतभण्डार आलुको बीउ मात्र हैन आलुको भाउ कम भएको अवस्थामा प्रयोगमा ल्याउन सकिने छ । गत चैतमा ठेकेदारले सम्झौता गरेको यो शीतभण्डार ०७८ को असारसम्मा सकिने गरी काम भइरहेको निर्माण कम्पनीले दाबी गरेको कान्तिपुर दैनिकमा समाचार छ ।