nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिका यस कारण जिल्लाकै उत्कृष्ट

Thaha_Munaaaaaaaa-1566444757.jpg

    मकवानपुरको थाहा नगरपालिका धार्मिक, साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्व बोकेको सुन्दर र रमणीय पर्यटकिय स्थलसंगै काममा पनि उत्कृष्ट प्रमाणित गर्न सफल भएको छ । मकवानपुरको सबै स्थानीय तहहरु मध्ये थाहाको भौगोलिक अवस्था र विशेषता फरक प्रकृतिको छ, सेवा प्रवाहमा पनि फरक नै छ ।
    थाहाको इतिहाँस र वर्तमानले थाहाको नाम चम्काइरहेको छ । विशेषताको आधारमा भिन्नता भए झै थाहा नगरपालिकाको कार्य प्रगतिको अहिले जताततै चर्चा बटुल्न सफल भएको छ । मकवानपुरको १० वटै स्थानीय तह मध्येमै कुनै न कुनै रुपमा थाहा नगरपालिका   पुरस्कृत हुँदै आइरहेको छ । विगतदेखि स्थानीय तहहरुलाई उछिन्दै आफ्नो नामलाई उचो राख्न थाहा नगरपालिका अग्रसर रहेको छ । किन भए त थाहा नगरपालिका उत्कृष्ट ? किन भए त पुरस्कृत ? सर्वसाधारणमा कौतुहलताको विषय बनेको छ ? मकवानपुरका स्थानीय तहहरु मध्येमा उत्कृष्ट हुनुमा थाहा नगरपलिकाको गतिविधि, पारदर्शिता, लगनशीलता, तत्परता, जवाफदेहीता लगायतका विषयहरु नै प्रमुख रहेको थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट बताउँछन् ।


    आफ्नो नगरपालिकाको नागरिकहरु, सरोकारवाला, सर्वसाधारण, पत्रकार, बुद्धिजिवी, राजनीतिज्ञ, कर्मचारी लगायत सम्पूर्ण पक्षले आ–आफ्नो स्थानबाट गर्नुपर्ने काम र कर्तव्य जिम्मेवारीपूर्ण ढङ्गले सम्पन्न गरेको कारण नै थाहा नगरपालिका  अन्य स्थानीय तह भन्दा उत्कृष्ट हुन सफल भएको थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपाली ले बताए । जनप्रतिनिधिको काम र योजनामा जनताले धेरै नै साथ सहयोग दिनुले आफुहरुलाई हौसला मिलेको समेत उनको ठम्याई छ ।
    थाहा नगरपालिका केही दिन अघि मात्र जिल्लाकै उत्कृष्ट स्थानीय तह घोषित भएको थियो । मकवानपुर जिल्लाको १० वटा स्थाीय तह मध्ये ९ वटा स्थानीय हतलाई उछिन्दै थाहा नगरपालिका उत्कृष्ट भएको हो । स्थानिय तहहरुले गरेको कार्य सम्पादन मूल्याङ्कनका आधारमा जिल्लाका १० स्थानीय तहमध्ये उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै जिल्ला समन्वय समिति मकवानपुरले चौथो जिल्ला सभाको अवसर पारी थाहा नगरपालिकालाई सम्मान गरेको हो । थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टलाई प्रदेश नं ३ का मुख्य मन्त्री एवम् प्रमुख अतिथि एवं डोरमणी पौडेलले सम्मानपत्र प्रदान गरेका थिए । 
    जिल्ला समन्वय समिति मकवानपुरले सूचक नै बनाएर स्थानीय तहहरुको मुल्याङ्कन गरी सम्मान गरिएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिए । थाहा नगरपालिकाले स्थानीय तह संचालन ऐन, नगरसभाले गरेको निर्णय, नगरबाट निर्माण भएका ऐन तथा कार्यविधिको आधारमा सहभागितात्मक विकास अवधारणालाई दीगो र संस्थागत गरेको, सेवा प्रवाह, आर्थिक नियमितता सुशासनल गायतका कार्यमा उदाहरणीय कार्य गरेकोले सम्मान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । 


    १२ वटा वडा रहेको थाहा नगरपालिका विगतका दिन देखि नै विभिन्न विषयमा उत्कृष्ट भै पुरस्कृत हुँदै आएको छ । यस्तै गरी बेरुजु फछ्र्यौटमा समेत थाहा नगरपालिका पुरस्कृत भएको थियो । बेरुजु फर्स्योट गर्ने कार्यमा मुलुकमा नै सर्वोत्कृष्ट ४ पालिका मध्ये थाहा नगरपालिका पनि पर्न सफल भएको हो । थाहा नगरपालिकाले आ.व ०७३÷७४ मा रहेको ३ करोड १७ लाख १८ हजार बेरुजुमा २ करोड ९२ लाख ५६ हजार अर्थात् ९२.२४ प्रतिशत बेरुजु फछ्र्यौट गरेकाले पुरस्कृत गरेको हो ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।