Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका कृषि विकास शाखा आफ्नै भवनमा सर्यो

थाहा नगरपालिका कृषि विकास शाखा आफ्नै भवनमा सरको छ । 

स्थानीय तहमा कृषि सेवा केन्द्रहरु गाभिएयता थाहा नगरपालिका वडा नं। ४ भ्याली हार्ट एकेडेमी नजिकै भाडामा संचालन भएको कार्यालय नगरपालिका कार्यालयमै सरेको हो । नगरपालिकाको भवनको तला थपेसंगै एकीकृत रुपमा सेवा प्रदान गर्न इन्द्रायणी चौर स्थित नगरपालिका कार्यालयमा कृषि विकास शाखा सरको हो । 

नगरपालिका कार्यालयबाटै अब कृषि सम्बन्धी सम्पूर्ण कार्यहरु हुने थाहा नगरपालिकाको कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०