Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकामा महिला सहकारीहरुको समिक्षा

थाहा नगरपालिकामा रहेको महिला सहकारी संस्थाहरुको प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक समिक्षामा थाहा नगरका महिला सहकारीहरुको सहभागिता रहेको थियो । थाहा नगरपालिका सामाजिक विकास समितिका संयोजक किरणमान बलको सभाध्यक्षतामा भएको समिक्षा कार्यक्रमका सहभागिहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रतिमा मोक्तानले सहजीकरण गरेकी थिइन् । 

कार्यक्रममा महिला सहकारीहरीहरुको तर्फबाट व्यवस्थापक तथा अध्यक्षहरुले आ–आफ्नो सहकारी संस्थाको प्रगतिको समिक्षा सुनाएका थिए । उनीहरुले महिला सहकारीको प्रगति, चुनौति र नगरपालिकासंगको अपेक्षा समेत प्रष्टुयाएका थिए । 

समिक्षामा महिला सहकारी संस्थाका अध्यक्षहरु, व्यवस्थापक तथा उत्कृष्ट महिला विकास समितिका पदाअधिकारीहरुको समेत सहभागिता रहेको थियो ।