nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकामा टिष्टुङ मात्र थपिने

TT-Thapiyo-1474863579.jpg

मकवानपुरको थाहा नगरपालिकामा टिष्टुङ गाविस मात्र थपिने भएको छ । 
९ असोजमा प्रमुख तीन दलहरुबीच हाल कायम रहेको इलाकाहरुलाई स्थानीय तह बनाउन सहमत भएपछि थाहामा टिष्टुङ मात्र थपिने पक्का भएको हो । यस अनुसार अब मकवानपुरमा स्थानीय तहको संख्या अब १३ वटा हुने भएको छ । मुलुकभर भने ९२७ हुनेछ ।
स्थानीय तहबारे साझा धारणा बनाउन प्रधानमन्त्री प्रचण्डले कांग्रेस, एमाले र माओवादी नेताहरुको बैठक बोलाएका थिए । बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले जिल्लाहरुमा रहेको इलाकालाई नै स्थानीय तह बनाउन प्रस्ताव गरे । जसमा कांग्रेस र एमाले नेताहरुले सहमति जनाएका छन् ।
स्थानीय निकाय पुनर्संरचनासम्वन्धी आयोगले मकवानपुरमा ९ तह प्रस्ताव गरेको थियो भने मुलुकभर ५६५ स्थानीय तहको प्रस्ताव गरेको थियो । कांग्रेस, माओवादीसहितका दलले यो संख्या कम भयो भन्दै आएका थिए ।
तीन दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख दलहरुले साझा धारणा बनाएर सुझाव दिँदा आयोगलाई पनि सहज हुने र सरकारले पनि संविधान अनुसार टीओआरमा संशोधन गरेर आवश्यक निर्देशन दिने बताए ।
प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने, ‘स्थानीय तह पूनर्संरचना आयोगको काम प्रभावित नहुने गरी विगतका इलाकीय संरचनालाई आधार मानेर स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने सैद्धान्तिक सहमति भएको छ । अब सरकारले दलीय सहमति अनुसार आयोगलाई थप निर्देशित गरेर स्थानीय तहको काम टुंगाउनेछ ।’