Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाको स्थापना दिवस मनाइदै

Thahaaaaaaaaa-1557277025.jpg

मकवानपुर थाहा नगरपालिकाले २५ वैशाखमा आफ्नो स्थापना दिवस बनाउने भएको छ । 

नगरपालिकाले स्थापना दिवसको अवसरमा नगरपालिकाको विविध पक्षलाई समेटेर वडा नम्बर १ स्थित सुनौला माविमा हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । नगरपालिका स्तरीय अन्तर आधारभूत तह विद्यालय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए । 

प्रतियोगिताका विजयीहरुलाई नगदसहित अन्य पुरस्कार रहेको छ । थाहा नगरपालिका वि.सं. २०७१ साल वैशाख २५ गते घोषणा भएको थियो । उक्त दिन मुलुकभर ७२ वटा नगरपालिका घोषणा भएका थिए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०