Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिकाको गाउँ–गाउँमा भिडियो एक्सरे

मकवानपुर थाहा नगरपालिकाको विभिन्न क्षेत्रमा ग्रामिण भिडियो एक्सरे कार्यक्रम भएको छ ।  

थाहा नगरपालिका स्वासथ्य शाखाको आयोजनामा चित्लाङ, बज्रवाराही, आग्रा लगायतको स्थानमा भिडियो एक्सरे कार्यक्रम संचालन गरिएको स्वास्थ्य संयोजक मेघराज बलामीले जानकारी दिए । 

नगरमा रहेका गर्भवती महिलाहरुलाई मध्येनजर गरेर कार्यक्रम संचालन गरिएको बलामीले बताए । कार्यक्रममा डाक्टर सदर प्रसाद दाहाले एक्सरे गरेको थाहा नगरपालिका स्ूवास्थ्य शाखाका अ.हे.ब. सन्तोष केसीले जानकारी दिए । गर्भवती महिलाको बच्चाको अवस्था र स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०