nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरद्धारा २ युवालाई व्यवसाय गर्न सहयोग सामाग्री वितरण

उत्तरी मकवानपुरको थाहा नगरपालिकाले नगरपालिका भित्र व्यवसाय गरी स्वरोजगार बढाउन सहयोग सामाग्री वितरण गरेको छ । नगरले कपाल काटने तालिम लिएकाहरुलाई व्यवसाय सञ्चालन गर्नका लागि सहयोग स्वरुप सामाग्री वितरण गरेको हो । सामाग्री प्राप्त गर्नेहरुमा थाहा नगरपालिका वडा नं १ का सञ्जय गोपाली र थाहा नगरपालिका वडा नं ७ का सनम सिं गोले रहेका छन् । उनीहरुलाई नगरपालिकाले अघिल्लो वर्ष तालिममा पठाएको थियो भने यस वर्ष व्यवसाय गर्नका लागि थाहा नगरपालिकाको युवा स्वरोजगार कार्यक्रम अन्तर्गत १ लाख रुपैयाको लगानीमा सामग्री वितरण गरेको छ । थाहा नगरपालिकाको कार्यालय उनीहरुलाई कपाल काट्नका लागि आवश्यक पर्ने कुर्सी, कपाल काट्ने मेशिन लगायत अन्य आवश्यक सामाग्री वितरण गरेको हो । सामाग्री प्राप्त गर्नेहरुमा सनम सिं गोलेले थाहा नगरपालिका ७ देउखेलमा र सञ्जय गोपालीले थाहा नगरपालिकां १ ओखर बजारमा हेयर कटिङ एण्ड ब्युटी सैलुनको व्यवसाय सुरु गरेकोे छ ।

थाहा नगरपालिका वडा नं १ को ओखरबजारमा हिजो २० गते सञ्चालन भएको कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लबशेर विष्ट, नगर उपप्रमुख खड्ग गोपाली, थाहा नगरपालिका वडा नं ११ का वडाध्यक्ष किरणमान बल, थाहा नगरपालिका वडा नं १२ को वडा अध्यक्ष मान बहादुर स्याङ्तान, थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।


 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।